झै झगडा कार्यक्रममा म सधै अघाडी थिए, कसैले केही बोल्योकि त्यसको सेखि झार्न मलाई निमण्त्रना को आवस्यक्ता थिएन। पार्वतीनगर देखि मंगलपुर सम्म सधै मेरै चर्चा चल्थियो, केवल मेरो मात्र भन्दापनि हामी दुई साथीको चर्चा हुन्थियो। सबैले मेरो प्रसंग निकालेको सुन्दा कहिले कहि म त चित्वनै पुरा मेरो हो जस्तो लाग्थियो। प्राय सबैको मुखमा रामे र राकेश झुन्डिएको थियो। हामीलाई माया गरेर गाउँलेहरू रारा भनेर बोलाउथे। हाम्रो नामले गर्दै होला रारा चाउचाउ पनि किराना पसलबाट खुब बिक्रि हुन्थियो। साना बच्चा-बुची हरुले हामी जस्तै परिचीत हुन कहिले आफ्नो नाम वाइ-वाइ पनि राखी हिडे, तर यो ठाउँमा राराको टक्कर कसैले गर्न सक्दैन थियो। साइलेन्सरको पाइप निकालेको मेरो आर-एक्स मोटरसाईकलको भ्याटटट बाटोमा सुन्दा बच्चा-बुची हरु डरले घर भित्र पसि झ्यालबाट चिहाउथे। कोइ कोइ चाँही आज राराले कसलाई कुट्नेहो भनि रमिता हेर्न पछी पछी दगुर्थे। हामी दुई जानाको यो मेल देखेर गाउँलेको मुखमा प्राय प्रश्न उठ्ने गर्थियो, राकेश बलियो कि रामे, सहि जवाफ कसैको मुखमा थिएन। राकेश र म सानो देखिको गुच्चा खेल्ने साथी थियौ, संगै हुर्कियौ। गाउँको दादा भगतेलाई दुई जना मिलेर काटेपछि हामी यो गाउँका दादा भनियौ। खेर, त्यो भगते जस्तो हामी गाउँले सँग पैसा वसुल्ने गर्दैन थियौ। पढ्नपनि एस.एल.सी सम्म पढेकै छौ, त्यहि भएर गाउँले हरुले आफ्नो छोरा छोरीलाई रामे र राकेश जस्तै ठुलो मान्छे बन्न एस.एल.सी पास गर्नु पर्छ भनेर सम्झाउने गर्थे। रामे र राकेशको दोस्ति टुट्यो भने यो गाउँको दादा को होला भनेर कसैको मनमा प्रश्नपनि उठ्ने गर्थियो।
ति मुला गाउँले हरुलाई तर्साउने ईच्छ्या झन बढ्दै गयो मेरो, त्यसको लागि मैले आर्मीमा भर्तिहुने बिचार गरे। आर्मीमा भएपछि बंदुक चलाउन सिकाउछ अनि कस्रत हरु पनि राम्रो गराउछ, म झन बेसि तागतिलो हुन्छु अनि फिल्ममा जस्तै बंदुक देखाएर म सबैलाई तर्साउछु भन्ने कुरा मेरो मनमा आयो। मैले यो प्रस्ताब् मेरो जिग्री राकेश सँग राखे, उस्को सहमतिमा हामी आर्मीमा भर्ति खुलेको मौका पारी नाम लेखाउन गयौ। भर्ना हुने झन्झट निकै रहेछ, धेरै कस्रत गरेपछि मेरो नाम निस्कियो तर मेरो साथी राकेशको नाम निस्केन। आर्मीको ट्रेनिङ नौ महिनाको हुदो रहेछ र त्यो अवधिभर कसैले क्याम्प बाहिर जाने नियम रहेनछ। राकेशलाई अब गाउँको जिम्मा तेरो भनेर सुम्पिएर साथै नौ महिनापछि आर्मीबाट लुकाएर तलाईपनि एउटा बंदुक ल्याइदिन्छु भन्ने सर्तमा गाउँ फर्काएर म त्यहि क्याम्पमा बसे।
दिन गन्दा गन्दै नौ महिना बल्ल बित्यो, र यो नौ महिनाको कडा परिस्रम देखि घर जाने पालो आयो। म झोला बोकेर घरतिर लागे, मेरो दिमागमा अरु कोहि भन्दापनि मेरो प्यारो साथी राकेश थियो, अहिले त त्यस्ले धेरै मान्छे कुटीसक्यो होला भन्ने मेरो अनुमान थियो। ट्रेनिङ सकेर घर फर्किदा त्यसलाई बंदुक चोरेर लगि दिन्छु भन्ने मेरो सोचपनि सोचै मात्रै रहयो, त्यस्तो सुरक्ष्या कडा भएको आर्मी क्याम्पमा कसरी चोर्नु, साह्रै गाह्रो थियो। त्यसको सट्टा मित्रराष्ट्र भारतमा त्यस्तो बंदुक सजिलै पाइन्छन त्यतैबाट किनिदिउला भन्ने कुरा सोच्दै सोच्दै म गाउँतिर लागेको थिए। गाउँले हरुलाई म आर्मी भए भनेर देखाउन पल्टनकै लुगा लगएर गाउँ पसेको देखेर त्यो एरियाका माओवादीका कमान्डरले देखेर मलाई मार्न भनि मान्छे पठायेछ। म गाउँ छाडेर जादा त्यहा माओवादीको केही सुनिन्दैनथियो, त्यसैले मेरो गाउँमा के माओवादी आउछ होला र भन्ने कुरा मनमा लिएर म आफु जन्मेको ठाउँम पल्टने लुगा लगाएर छाती फुलाउदै हिडदै थिए। अचानक एउटा फुच्चे म भातिर कुददै आयो र भन्यो, “रामे दाई रामे दाइ, तपाईंलाई मार्न माओवादीले मान्छे पठाएँको छ रे”, यो कुरा सुनेर मेरो सातो गयो। अबत घर जाऊभने घरमै आएर मलाई मार्ने होलान भनेर म त्यहि नजिकैको एउटा मान्छेको घरमा छिरे। निकैबेर सम्म म त्यहिनै बसि रहे, अनि झ्यालबाट हेरि रहे, साचैनै हो रहेछ, गाउँमा माओवादीको चहल पहल बढेको रहेछ। आर्मीमा हुँदा माओवादीहरु हाम्रा र देशका सत्रु हुन तिनि हरुलाई खोजि खोजि मार्नु पर्छ भनेर सिकएका थिए। आर्मीबाट घर फर्किदा बंदुक लिएर फर्किन पाएकोभए त्यस्ता माओवादी कत्ति मार्नेथिए होला भन्ने कुरा सोच्दै थिए, अचानक एउटा मान्छे त्यो घरभित्र छिरेको जस्तो लाग्यो। घरमुलिले हजुर यहाँ कोहि आएको छैन भनेर त्यो मान्छेलाई बिन्ती गर्दैथियो। म छेउको अर्को कोठामा बसेर त्यस माओवादीको जुत्ताको आवाज सुन्दै थिए, त्यो आवाज म बसेको कोठा तिर लम्कियो, अबत माओवादी आएको रहेछ भने मर्नु भन्दा अघाडी त्यसलाई पनि मारेरै मर्छु भनेर झोलाबाट खुकुरी झिकेर त्यस माओवादीलाई काट्न तयार भएर बसे। अचानक त्यस्ले ढ्याङ गरेर ढोका खोल्यो, म तयार भएर बसेकोले खुकुरी उज्याये र त्यस्ले म तिर उस्को बंदुक तेर्स्यायो। हामी दुईले एक अर्काको अनुहारमा हेर्यौ, त्यो त मेरो साथी राकेशपो रहेछ। आर्मीमा भर्ति नभएपछि सजिलै बंदुक चलाउनको लागि राकेश माओवादी तिर लागेको हो कि भनेर मैले अनुमान लगाए। हामी बिच केही शब्दको आदन प्रादान भएन, आर्मीमा माओवादी हाम्रा सत्रुहुन भने जस्तै तिनि हरुलाईपनि आर्मी हाम्रा सत्रुहुन भनि सिकाएको थियो कि, तर मेरो सानो देखिको मिल्ने साथी, म त्यसलाई कसरी मारु र? नमारु भने मलाईपो उल्टै मार्ने होकि भन्ने मेरो दिमागमा कुरा खेल्दै थियो, अझ के म हुँ भन्ने थाहा पाएरै राकेश मलाई मार्न आएको होलार भन्ने कुरापनि सोचे। उस्को शब्दपनि फुटेन, साथीलाई यतिको समयपछि भेट्दा हर्स न बिलास भने जस्तै भएको थियो मलाई र उस्को आँखामा पनि त्यस्तै अंयोल मैले पढे।
0 comments:
Post a Comment